News अपराध सुरक्षा

५० हजार घूससहित वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

५० हजार घूससहित वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत एक जना कर्मचारी घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामप्रसाद ढुंगानालाई  कार्यकक्षबाटै  ५० हजार घूससहित बिहीबार दिउँसो पक्राउ गरेको हाे । 


 
उनले वैदेशिक रोजगार कार्यालयबाट विज्ञापन गर्न अनुमति नपाएको म्यानपावरले कामदार भर्ना प्रक्रिया सुरु गरेको मुद्दामा अनुसन्धान गरेका थिए । त्यही फाइलमा लेनदेन गर्ने क्रममा अख्तियारले ढुंगानालाई घूससहित पक्राउ गरेको जनाएको छ ।

वैदेशिक रोजगार विभाग घूससहित पक्राउ रामप्रसाद ढुंगाना

विशेष