भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडाै । डडेल्धुरामा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ५२ वर्षिय राजबहादुर चन्दलाई बुधबार अस्थायी प्रहरी पोस्ट भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
प्रहरीले चन्दलाई रानीवन सामुदायिक वनमा अवैध रतुवा, भरुवा बन्धुक एक थान, १ सय १० ग्राम बारुद र ६ वटा सिसाको गोलीसहित प्रक्राउ गरेको हो ।
उनलाई हातहतियार खरखजना ऐन २०२९ बमोजिम जिल्ला प्रशासन कार्यालयमा कारवाही हुने र वन्यजन्तु मारेकोमा वन्यजन्तु संरक्षण ऐन २०२४ अनुसार वन कार्यालयले कारवाही गर्ने प्रमुख प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।