News खेल

उद्घाटन खेलमा रसिया र साउदी भिड्दै, खेल कसको हातमा ?

उद्घाटन खेलमा रसिया र साउदी भिड्दै, खेल कसको हातमा ?

जर्मनीले आफ्नो जर्सीमा चौथो तारा जोडेको १४३२ दिनपछि बिहिबार रसिया र साउदी अरेबियाले फिफा वल्र्डकपको २१औं संस्करणको सुरुवात गर्दैछ । ४ वर्षपछि विश्वकपको खेल सुरु हुन लागेसँगै सबै राष्ट्रहरु खेल हेर्न उत्साहित देखिन्छन् ।


रसिया र साउदीको पछिल्ला मैत्रिपुर्ण खेलहरु हेर्ने हो भने त्यति राम्रो प्रस्तुति भने रहन सकेको छैन । रसियाले अक्टोबरमा कोरियालाई पराजित गरेपछिको सात खेलमा पराजित भोगेको छ । यता साउदी पनि आफ्नो तीन मैत्रिपुर्ण खेलमा लगातार पराजित भएको छ । 


रसिया र साउदीले वल्र्डकपको पहिलो खेलमा आफ्नो पहिलो जितको खोजिमा रहने छ । रसियाले विश्वकप २००२ पछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ । साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन । १९९४ मा साउदी अन्तिम १६ भित्र प्रवेश गर्न सफल रहेको थियो । 


त्यसो त साउदी रसियाविरुद्धको खेलको लागि दाबेदार मानिएको छ । अघिल्लो हप्ता जर्मनी जस्तो राष्ट्रसँग २–१ ले पराजित भएको साउदी आफूलाई बलियो साबित गरेको छ । 


यसअघि रसिया र साउदी अरेबिया सन् १९९३ मा मैत्रिपुर्ण खेल खेलेको थियो जसमा साउदी ४–२ ले विजयी भएको थियो । रसिया र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् ।


पछिल्ला संस्करणका खेलहरु हेर्ने हो भने आयोजक राष्ट्रले प्रतियोगिताको पहिलो खेल अहिलेसम्म पराजित भएको छैन । जसमा घरेलु टोलीले ६ जित र ३ बराबरीको खेल खेलेको छ । 


रसिया र साउदी अरेबिया बिहिबार आफ्नो खातामा तीन अंक जोड्नको लागि मैदानमा उत्रिन तयारी अवस्थामा छन् । त्यसर्थ रसिया भने आफ्नो पहिलो खेलमा केही दबाव महसुस गर्नेछ । पहिलो जित दर्ता गर्दै अघि बढ्न रसियाले मस्कोमा हुने घरेलु समर्थकको अघि जित निकाल्नु पर्ने हुनेछ ।  


विश्वकप अघिको पूर्व तयारी खेलहरु हेर्ने हो भने साउदी अरेबिया बलियो देखिन्छ । साउदी अरेबियाले केहि बलिया टिममाथि धावा बोलेको इतिहास छ । सुरुवातको १० मिनेटमा साउदीले रसियालाई रोकेर खेल बुझेर अघि बढ्ने रणनीति बनाउने विश्लेषण गरिएको छ ।  


रसिया र साउदी अरेबियाको खेल बिहिबार नेपाली समय अनुसार ८ː४५ बाट सुरु हुनेछ । 

रसिया साउदी अरेबिया विश्वकपखेल

विशेष