News अर्थ मुख्य समाचार

कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै सा‌ंसदद्वारा खर्च कटाैतीकाे माग

कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै सा‌ंसदद्वारा खर्च कटाैतीकाे माग

काठमाडाै । विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा ६ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

 

 पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा. मीनेन्द्र रिजालले आगामी आ.व मा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।उनले निर्माणाधीन विमानस्थलको समयावधी र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताए । 

 

सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गरे ।  उनले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेश गरेको स्पष्ट पारे ।

 

 युवा तथा खेदकूद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने बताए  भने अर्का सांसद प्रकाश रसाइलीले अर्थमन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव प्रस्तुत गरे ।

 

त्यसैगरी सांसद दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकममा ग्रामीण पर्यटनको विकासमा ध्यान नदिएको भन्दै उक्त मन्त्रालयको विनियोजित बजेट घटाउनुपर्नेमा जोड दिए ।  
 

सांसद माग खर्च कटाैती विनियोजन विधेयक

विशेष