News समाज

पूर्व राजाको जन्मोत्सव मनाउन पैंतीससय सदस्यीय समिति

पूर्व राजाको जन्मोत्सव मनाउन पैंतीससय सदस्यीय समिति

काठमाडौं । असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन पूर्वराजसभा स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । शाहको साताव्यापी जन्मोत्सव कार्यक्रम आयोजना गर्ने बताईएको छ।

 

 ३ हजार ५ सय ७२ सदस्यीय समितिले असार २१ देखि २७ गतेसम्म देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्ने थाहा भएको छ ।

 

व्यवस्थापन समितिमा ३ सय ६८ जना राखिएको छ । सहअध्यक्षमा गीता क्षेत्री राणा, डा.मञ्जुरत्न शाक्य, श्रीमती भेषराज्यलक्ष्मी सिंह, किशोरी महतो, इन्दिरा मल्ल, ज्योत्सना राज्यलक्ष्मी थापा र सइन्द्रबहादुर ठकुरीलाई सदस्य मनोनयन गरिएको छ ।

 

उपाध्यक्षमा जगदीश खड्का छन् भने सदस्यहरुमा प्रकाश चित्रकार, टंकनारायण राजवंशी, द्वारिकामानसिंह प्रधान, रिना तुलाचन, जमुना शेरचन, ऋषिबाबु परियार, सइन्द्र बान्तवा, परशुराम तामाङ, रामकृष्ण पन्त, प्रा.डा. उषा ठाकुर, राजाराम श्रेष्ठ, कान्छा गुरुङ, यङकेशरी पाण्डे, शेष चाँदतारा, अधिवक्ता विष्णु भट्टराई, विष्णुप्रसाद शर्मा, अनिल बस्नेत, ध्रुव महर्जन, शुभद्रा विश्वकर्मा, मीरा राणा, इन्द्रबहादुर शाक्य, रेवती कार्की, रामु राई, धनेन्द्र बस्नेत, मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, सलिम खान गौस, दहिन्द्रबहादुर ठकुरी, सदयशमशेर जबरा, केशव भण्डारी, शङ्कर पौडेल, प्रदीपविक्रम राण, प्रा.डा. सुष्मा आचार्य, प्रा.डा. अवधेशकुमार ठाकुर, माइला तामाङ, केशव भण्डारी, इन्द्रकुमार चाम्लिङ, शंकर पौडेल र विक्रमबहादुर बम रहेका छन् ।

 

महासचिवमा राधेश्याम थापा र सहसचिवमा केशरी श्रेष्ठ, पद्मा ताम्राकार, अशोकमान वैद्य, सुदर्शन भट्टराई, विसन्तर शाक्य, मीरा रञ्जित र प्रकाश महर्जन रहेका छन् ।

 

ज्ञानेन्द्र शाह जन्मोत्सव

विशेष