News राजनीति

नेकपाको पहिलो स्थायी कमिटी बैठक भोलि

नेकपाको पहिलो स्थायी कमिटी बैठक भोलि

काठमाडौं । एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्ने भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकतापछिको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत विषयमा छलफल हुने महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।

 

स्थायी समितिमा ४५ जना सदस्य छन्। गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो ।

नेकपा स्थायी कमिटी बैठक

विशेष