News समाज

विश्वकप हेरेर फर्कँदै गरेका युवा खोलाले बगाएर बेपत्ता

विश्वकप हेरेर फर्कँदै गरेका युवा खोलाले बगाएर बेपत्ता

ताप्लेजुङ । अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा  फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ । राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे । 

 

यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । मेची राजमार्गको  फुङलिङ–सुकेटार खण्डका विभित्र ठाउँमा पहिरो गएको छ । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

विश्वकप मेची राजमार्ग सनम राई

विशेष