News राजनीति

अर्थमन्त्रीलार्इ भीम रावलकाे ब्यङ्ग्यः म पनि पटक-पटक मन्त्री भएको छु

पश्चिम सेती सरकारले बनाउने हाेकि चिनियाँ कम्पनीले?

अर्थमन्त्रीलार्इ भीम रावलकाे ब्यङ्ग्यः  म पनि पटक-पटक मन्त्री भएको छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनीलाई कसले निकाल्यो भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।

 

शनिबार नेकपा संसदीय दलको बैठक रावलले अर्थमन्त्रीले बजेटमार्फत पश्चिम सेती आयोजना नेपाल सरकारले बनाउने भने पनि एक रुपैयाँ बजेट नछुट्याएको बताए।

 

तर, लगानी बोर्डले भने चिनियाँ कम्पनीसँगै रहेको बताउँदा आयोजना नै अन्यौलमा परेको भन्दै उनले आपत्ति जनाएए । रावलले भने, ‘म सबैभन्दा बढी मतले पार्टीमा निर्वाचित व्यक्ति हुँ तर लामो राजनीतिक जीवनमा त्यति अपमानित र उपेक्षित कहिल्यै महसुस गरिन् ।’

 

उनले थपे, ‘बजेट पूर्व पश्चिम सेती परियोजनाको बारे कुरा गर्न चाहन्थेँ,अर्थमन्त्रीलाई भेट्न खोजे समय नपाएको मात्रै होइन, टेलिफोन समेत अनुत्तरित रह्यो ।’ रावलले अाफू पनि पटक-पटक मन्त्री भएको भन्दै सांसदलाई उपेक्षा गर्ने जस्ता व्यवहार कहिल्यै देखाएकाे बताए ।

 

बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले पश्चिम सेतीबारे छलफल भइरहेको जवाफ दिएका छन् । 
 

भीम रावल अर्थमन्त्री पश्चिम सेती आयोजना

विशेष