News राजनीति

कोइरालाले गृहमन्त्रीलार्इ भनेः सुन तस्करीका ठूला माछा तपार्इँकै हुन् समात्नुस्

कोइरालाले गृहमन्त्रीलार्इ भनेः सुन तस्करीका ठूला माछा तपार्इँकै हुन् समात्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीमा संलग्न ठुला माछा समातेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

 

गृहमन्त्री रामबहादुर थापा बादलले ठुला माछा समात्ने भन्दै हिँडेको उल्लेख गर्दै कोइरालाले चुनौती दिएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने, ‘सक्नुहुन्न । किनभने उहाँहरूकै मान्छे पर्छन् ।’


कांग्रेस नेता कोइरालाले थाहा नपादो ढंगले मुलुक निरंकुशतावाद तर्फ धकेलिँदै गएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा शक्ति केन्द्रित गर्न खोजेको भन्दै उनले यसले सम्बैधानिक निकायलाई निकम्मा र व्यक्तिलानई सर्वेसर्वा बनाउन धारणा राखे ।

शेखर कोइराला

विशेष