News राजनीति प्रदेश २

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताएका छन् ।

 

सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने बताएका हुन् ।

 

राजपालाई सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेका बेला महतोले संविधान संशाधोन नभइ सरकारमा सहभागी नहुने बताएका हुन् । पार्टीभित्रको विवादका कारण राजपाले सरकारमा सहभागी हुने निर्णय गर्न सकेको छैन ।

 

महतोसहित अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भणडरी र राजकिशोर यादव सरकारमा जान सकारात्म छन् भने अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र महिन्द्रराय यादव सरकारमा सहभागी नहुने पक्षमा छन् ।

राजेन्द्र महतो संविधान संशोधन सरकार

विशेष