अाजकाे दाेस्राे खेलमा साविककाे विजेता जर्मनी र मेक्सिकाे भिड्ने
मस्काे । नेपाली समय अनुसार बेलुकाकाे ८ः४५ बजेबाट सुरु हुने समूह (एफ) काे पहिलाे खेलमा साविककाे विजेता जर्मनी र बलियाे प्रतिद्वन्द्वी मानिएकाे मेक्सिकाेबीच प्रतिस्पर्धा हुँदैछ ।
अहिले जर्मनीकाे टिममा धेरै परिवर्तन आइरहेको छ । सन् २०१४ को विश्वकप जितेका अनुभवी खेलाडीहरु टिममा छैनन् । यस्तै सन् २०१४ को फाइनलमा अर्जेन्टिना विरुद्ध निर्णायक गोल गरेका मारियो गोट्जेले विश्वकप टिममा स्थान बनाउन सकेनन् ।
यद्यपि चाेटका कारण पछिल्लाे खेलमा खेल्न अक्षम रहेका मेसुत अाेजिल अहिले भने स्वास्थ रहेकाे बताइएकाेे छ । विश्वकप छनोटमा उत्कृष्ट खेलेको जर्मनीले सबै १० खेल जित्दा ४३ गोल गरेको थियो । छनोटमा उसले केवल ४ गोलमात्र खायो ।
जर्मनीले एक वर्षअघि रसियामै भएको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो । त्यसलै प्रशिक्षक लोसँगको सम्झौता २०२० सम्मको लागि बढाइएको थियो । तथापि विश्वकप अघिकाे मैत्रिपुर्ण खेलमा जर्मनीले एक खेल मात्र जितेकाे छ भने तीन खेलमा बराबरी र दुर्इ खेलमा पराजित भएकाे छ ।
उता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन् । यद्यपी मेक्सिको कन्फेडेरेसन कपमा भने सेमिफाइनलमा पराजित हुन पुगेको थियो । तर विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उच्च रह्यो। उसले १६ मध्ये १ खेलमा मात्र हार बेहोर्दै रसियाको टिकट पक्का गरेको थियो ।
जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । त्यसैले पहिलो खेलमा जर्मनी सचेत भएर खेल्नेछ । प्रशिक्षक लोका लागि पहिलो रोजार्इको टिममा राख्ने खेलाडीबारे निर्णय गर्नु कठिन हुनेछ । मेसुट ओजिल, जुलियन ड्राक्सलर र मार्को रेउस मध्ये २ जना मात्र पहिलो रोजाइमा पर्नेछन् ।
मेक्सिकोले पहिलो खेलमा बराबरी खेले उसका लागि उपलब्धि हुनेछ । पछिल्लो पटक जर्मनी विरुद्धको खेल मेक्सिकोले ४–१ ले गुमाएको थियो ।
जर्मनी विरुद्ध अहिलेसम्मकाे ११ अन्तराष्ट्रिय खेलमा मेक्सिकाेले सन् १९८५ मा भएकाे खेलमा मात्र विजयी भएकाे छ भने ४ खेल बराबरी र ६ खेलमा हार व्यहाेरेकाे छ ।
सम्भावित टिम
जर्मनी : म्यानुयल नेउर, जोसाउ किम्मिच, जेरोम बेएटिङ, मार्टस् हुमेल्स, जोनास हेक्टर, सामी खेडिरा, टोनी क्रुस, थोमस मुलर, मेसुट ओजिल, मोर्को रेउस, टिमो वेर्नर
मेक्सिको : गुइलेर्मो ओएचा, कार्लोस साल्सेडो, हुगो अयाला, हेक्टर मोरेनो, मियुइल लयुम, हेक्टर हेरेरा, आन्द्रेस गुएर्डाडो, कार्लोस भेला, जेसस कोरोना, जाभियर हर्नान्डेज, हिर्भिङ लाजानो
विश्वकप फुटबल जर्मनी मेक्सिकाे