News व्यापार अर्थ रोजगार प्रदेश ५

सेजमा २६ उद्योग स्थापनाको अनुमति

सेजमा २६ उद्योग स्थापनाको अनुमति

काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिइएको जानकारी दिए ।

 

उनले अनुमति पाएका सबै उद्योगहरुलाई एक हप्ताभित्र उद्योग दर्ता र २ हप्ताभित्रबाट उद्योग निर्माणको काम सुरु गरिसक्ने गरी अनुमति दिएको बताए । कार्यकारी निर्देशक भट्टले एक वर्षभित्र स्थापना गरिएको उद्योगहरुबाट उत्पादन सुरु हुने गरी काम अघि बढाउने पनि स्पष्ट पारे । भैरहवा विशेष आर्थिक क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्षमा ८ अर्ब बजेटको व्यवस्था गरेको छ ।

 

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट तत्कालका लागि ५ हजार २ सय रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि दूू्रत गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले भने भैरहवा विशेष आर्थिक क्षेत्रमा फूड र प्लाष्टिक उद्योग स्थापना गर्न सरकारलाई सुझाव दिएका छन् ।अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले भैरहवा विशेष आर्थिक क्षेत्रमा फुड र प्लाष्टिकको उद्योग स्थापनाका लागि उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले सरकारलाई सुझाव दिए । 

उद्योग सेजमा

विशेष