धमिलो वर्षा भएको कतिले ख्याल गर्नुभयो ?
काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा धमिलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको राजस्थान आसपास मरभूमिमा चलिरहेको हावाहुरीको असरले नेपालमा धमिलो वर्षा भएको हो ।
भारतमा चलेको हुरी पूर्वतर्फ गंगा फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायुमण्डलमा प्रवेश गरेकोले धमिलो वर्षा भएको मौसमविद् गंगा नगरकोटीले बताए ।
नागरिक दैनिकबाट