प्रधानमन्त्रीलार्इ रावलकाे सुझावः चीन भ्रमणमा व्यापार घाटालार्इ जोड दिनुहाेला

प्रधानमन्त्रीलार्इ रावलकाे सुझावः चीन भ्रमणमा व्यापार घाटालार्इ जोड दिनुहाेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा व्यापार घाटाको मुद्धालाई जोड दिनुपर्ने बताएका छन् ।


नेकपाका स्थायी समिति सदस्यसमेत रहेका नेता रावलले चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपाली वस्तुहरु चीनतर्फ निर्यात गर्नुपर्नेमा सहजता पुर्‍याउन जोड दिनुपर्ने बताएका हुन् ।

 

रिपोर्टस क्लवमा आइतबार भएको साक्षात्कारमा बोल्दै रावलले तातोपानी नाकासँगै रसुवागढी हुँदै नेपाल र चीनमा रेलवेको माध्यमबाट पनि दुई देशलाई जोड्न भएको सैद्धान्तिक सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।

 

यस्तै, उनले विद्युत प्रशारण लाइन र नेपालले निर्माण गर्नुपर्ने तेल भण्डारण गृह निर्माणबारे पनि चिनियाँ सहयोग रहने विश्वास समेत व्यक्त गरे ।

 

नेता रावलले प्रधानमन्त्री ओलीको भ्रमण चीनसँग विगतमा गरिएको सहमति कार्यान्वयनमा केन्दि्रत हुने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा जाँदै छन् ।

भीम रावल प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण व्यापार घाटा

संम्बधित खबर

विशेष