News मुख्य समाचार राजनीति

संयुक्त बैठकमा संयुक्त नियमावलीको प्रतिवेदन पेश

प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

संयुक्त बैठकमा संयुक्त नियमावलीको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली पेश भएको छ ।

 

आइतबार बसेको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावलीको प्रतिवेदन पेश गरेका हुन् ।

 

प्रतिवेदनमाथि सैद्धान्तिक छलफल सकेर आइतबार नै सांसदहरुलाई संशोधन दर्ता गराउन बैठकले सूचना जारी गरेको छ । असार ८ गते बस्ने संयुक्त बैठकले नियमावली पारित गर्ने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

 

प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दुवै सदनको छुट्टाछुट्टै बैठकमा चीन भ्रमणबारे जानकारी गराउने भएका छन् । मंगलबारदेखि हुने चीन भ्रमणबारे ओलीले संसदलाई जानकारी गराउन समय मागेका छन् ।

 

ओलीले सोमबार २ बजे राष्ट्रियसभा र ४ बजे प्रतिनिधिसभामा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली कृष्णभक्त पोखरेल

विशेष