News अर्थ

आयल निगमले घटायाे पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले घटायाे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। 

 

निगमका अनुसार पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर २-२ रुपैयाँले मूल्य घटेको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेर आएपछि स्वचालित मूल्य संरचना अनुसार नेपाली बजार प्रभावित भएको निगमका प्रवक्ता वीरेन्द्रबहादुर गोइतले जानकारी दिए। 

 

यसपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँमा कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९२-९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

 

हाल हवाई इन्धन(आन्तरिक)को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तराष्ट्रितर्फ प्रतिलिटर १.०७५ अमेरिकी डलर छ। एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ।

 

मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताए। यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको बताइएको थियो। 

पेट्रोलियम पदार्थ मूल्य घट्यो

विशेष