News खेल

सर्बियासँग कोस्टारिका ०-१ ले पराजित

सर्बियासँग कोस्टारिका ०-१ ले पराजित

मस्को । विश्वकप २०१८ समूह 'ई' अन्तर्गतकाे आइतबार भएको खेलमा सर्बियाले कोस्टारिकालाई पराजित गरेकाे छ ।

 

समूह चरणकमो आफ्नो पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १-० गोलले पराजित गरेको हो। खेलको सुरुवाती समयबाट नै निकै आक्रमक खेलेको सर्बियाले पहिलो हाफमा भने  कुनै गोल गर्न सकेन ।

 

तर, सर्बियाका कप्तान एलेक्जेडर कोलारोबले दाेस्राे हाफकाे ११ मिनेटमा फ्रीकिकमार्पत गरेको गोल गरे । खेलकाे अन्तिमसम्म  कोस्टारिकाले कुनै गाेल गर्न नसक्दा सर्बियाले जित निकालेकाे हाे ।

 

 

यो समूहमा ब्राजिल र स्विजरल्‍याण्ड रहेकाले सर्बियाको यो जितले उसलाई बलियो बनाएको छ। कोस्टारिका गत विश्‍वकपमा क्‍वाटर फाइनल पुगेको टोली हो।

 

 फिफा वरीयातामा पनि कोस्टारिका सर्बियाभन्दा माथि छ । कोस्टारिका २३ औँ र सर्बिया ३४ औँ स्थानमा छ।

 विश्वकप फुटबल कोस्टारिका सर्बिया

विशेष