News देश प्रदेश १ मुख्य समाचार

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको जीवितै उद्धार

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको जीवितै उद्धार

संखुवासभा । संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घन्टापछि सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्धार गरेको हो ।

उनीहरूको उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सुरुङमा फसेकाहरूलाई खोज्ने क्रममा आइतबार बिहान उद्धार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो । 

प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएपछि डोरीको प्रयोग गरेर उनीहरुलाई उद्दार गरिएको उनले बताए । उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो।
 

अरुण तेस्रो पुरिएका उद्दार

विशेष