News मुख्य समाचार

मन्त्री उपस्थित नहुँदा संसद् बैठक स्थगित

मन्त्री  उपस्थित नहुँदा संसद् बैठक स्थगित

काठमाडौं । मन्त्री नै उपस्थित नहुँदा प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ । मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल हुँदा सम्बन्धित मन्त्री नै उपस्थित हुनुपर्ने हुन्छ ।

तर,  सम्बन्धित मन्त्री नै अनुपस्थित भएपछि  कांग्रेस सांसद अमरेशकुमार सिंहले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

संसद् नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य भएको भनिएको तर, बैठकमा चार जनामध्ये कोही पनि उपस्थित नभएको भन्दै उनले नियमापत्ति गरेका हुन् ।

आइतबार प्रतिनिधिसभामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि छलफल भइरहेको थियो । 

प्रतिनिधिसभा सदस्य नियमावलीको दफा ६ (५) ले संसद् सञ्चालनका लागि मन्त्रीको उपस्थिति अनिवार्य र मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

संसद बैठक स्थगित मन्त्री अनुपस्थित

विशेष