इभान डुके कोलम्बियाकाे नयाँ राष्ट्रपति बन्ने पक्का
एजेन्सी । कोलम्बियाकाे राष्ट्रपतिमा इभान डुके निर्वाचित हुने पक्का भएकाे छ । इभान डुके नयाँ राष्ट्रपतिमा चुनिएको खबर निर्वाचन अधिकारीहरूले दिएका छन् । डुकेले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको उनीहरूले बताए ।
उनले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति सम्झौताका प्रतिबद्धताहरू पूर्ण परिमार्जन गर्ने वाचा पनि गरेका थिए । उनी विद्रोहीहरूप्रति अनुदारवादी नेताका रुपमा परिचित रहेका छन् ।
शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमाजन गर्ने प्रतिबद्धता उनको निर्वाचनको एक एजेण्डा पनि थियो । सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएकोे शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दाबी रहदै आएको छ ।
उनका प्रतिद्वन्द्वीमा यहाँका पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रो रहेका थिए । उनले फार्क विद्रोही समूहसँगको शान्ति सम्झौताको समर्थन गर्दै आएका छन् । उनले करिब ४१ प्रतिशत मत ल्याएका छन् । उनी डुकेको निकटतम प्रतिद्धन्द्धी हुन् ।
राष्ट्रपतिमा डुकेन निर्वाचित भएपछि कोलम्बियाको फार्क विद्रोही समूहसँग भएको उक्त विवादास्पद शान्ति सम्झौताको भविष्यबारे प्रश्न उठ्नसक्ने विश्लेषकहरूको भनाइ छ ।