News मुख्य समाचार

प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे संसदलाई सम्बोधनः यी विषयमा हुनेछ सहमति

प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे संसदलाई सम्बोधनः यी विषयमा हुनेछ सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि हुने आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । आफ्नो पाँच दिने चीन भ्रमणबारे सोमबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण विषयमा सहमति हुने बताए हुन् । 

 

उनका अनुसार रेल सडक संजाल, जलविद्युत तथा प्रशारणलाइन विस्तार, पुन निर्माणमा सहयोग लगायतका विषयमा सहमति हुनेछ । प्रधानमन्त्री ओलीले भने ’राष्ट्रिय हित र आवश्‍यकताको आधारमा सहमति गरिने छ, राष्ट्रिय हित विपरीतका सहमति हुने छैनन्।

 

प्रधानमन्त्री ओलीले सिमावर्ती क्षेत्रका विषयमा पनि जानकाारी लिने तथा नाका विस्तारको सम्बन्धमा कुरा गरिने बताएका छन्।  नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको विषयमा पनि जानकारी गराउने प्रधानमन्त्रीले बताएका छन्। 

 

’हाम्रा छिमेकीका संवेदनशिलता हामीले बुझ्छौँ, हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ’ ओलीले भने नेपाली भूमि प्रयोग गरे चीन विरुद्धका गतिविधि हुन दिदैनौँ ।’ 
 

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण

विशेष