News

चीनसँगकाे संयुक्त संयन्त्र बन्ने

चीनसँगकाे संयुक्त संयन्त्र बन्ने

काठमाडाैं । प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणका लागि बजेइजिङ प्रस्थान गर्ने दुई दिनअघि सरकारले चीनसँग सहकार्य र सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । 
 

मन्त्रिपरिषद् बैठकले आईतबार चीनसँग दुईपाक्षीय समझदारी र सहमतिअनुसार अघि बढेका र आगामी परियोजना कार्यान्वयनका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो । 
 

बैठकले संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ । यसबाट दुईपक्षीय सहकार्यले तीव्रता पाउने सरकारको भनाई छ ।,  कान्तिपुर दैनिकबाट

विशेष