News

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

 काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । उनकाे  बाँसबारीस्थित न्युरो अस्पतालमा  सोमबार साँझ ५ बजेर ३५ मिनेटमा ६४ वर्षकाे उम्मेरमा निधन भएको हो । उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन्। उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन् ।

 

डा. देवकोटा लामाे समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित थिए । स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। बेलायतमा लामो समय उपचार गराउँदा पनि राेग निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल ल्याइएकाे  थिए ।

 

डा. देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।  यस्तै उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

डा. देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म न्युरो अस्पताल परिसरमै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । 

 

उनको काजकिरिया उनकी पत्नी र तीन छोरीहरूले गर्ने जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

१० महिनाअघि देवकोटाले भनेका थिए, ‘हामी कसैलाई जीवन दिन सक्दैनौं भने खोस्ने अधिकार पनि छैन’

निधन उपेन्द्र देवकोटा

विशेष