फोरम आज सरकारमा सहभागी हुँदै, ३ बजे शपथ
काठमाडाैं । संघीय समाजवादी फोरम अाज सरकारमा सामेल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाैँथाे पटक मन्त्रिपरिषद विस्तार गर्दै फाेरमबाट दूई मन्त्री सरकारमा सामेल गराउन लागेका हुन् ।
फोरम अध्यक्ष उपेन्द्र यादवलार्इ स्वास्थ्यमन्त्रीकाे जिम्मेवारी दिइने छ भने मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्रीकाे जिम्मेवारी समाल्ने भएका छ । उनीहरुले शपथ दिउँसो ३ बजे शीतल निवासमा हुनेछ ।
संविधान संशोधनका लागि छलफल गरेर अघि बढ्ने सहमति जनाएपछि फोरम सरकारमा जान राजी भएको थियाे। सरकारसँग सहमति भएको चार दिन बितिसक्दा पनि आन्तरिक विवादका कारण फोरमले मन्त्रीको नमाम टुंगो लगाउन सकेको थिएन । लामो समयको पार्टीभित्रको रस्साकस्सीपछि फोरमले मन्त्रीको टुंगो लगाएको हाे ।