News प्रवास देश राजनीति प्रदेश ३

ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली

ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली

 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । ओली भोलि चीन भम्रणमा जाँदैछन् । हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन जान थालेका छन् ।

 

भ्रमण टोलीमा व्यवसायीबाट ५२ जना, मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना छन् । यसमा बेइजिङ दूतावासको टोली पनि थपिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । 

 

चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भनेका थिए, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।’  पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । 

भ्रमण  ओलीको

विशेष