News व्यापार अर्थ बैंकिङ

प्रभु बैङ्कको हकप्रद शेयर लिलामीमा विक्री

प्रभु बैङ्कको हकप्रद शेयर लिलामीमा विक्री

काठमाडौं । प्रभु बैङ्कले हकप्रद शेयरमा नबिकेको शेयर असार ११ गते लिलामीमा ल्याउने भएको छ । बैङ्कले २२ लाख ३१ हजार २ सय ६५ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन लागेको हो ।

 

जसमध्ये १५ लाख ६० हजार २ सय ३ कित्ता संस्थापक र ६ लाख ७१ हजार ६२ कित्ता सर्वसाधारण शेयर रहेको छ । आवेदकले न्यूनतम मूल्य १ सय तोकिएको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।

 

बोलकबोल गर्ने अन्तिम दिन असार १८ गते रहेको छ । संस्थापक शेयरको लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १ सय कित्ताको लागि आवेदन सकिनेछ ।

 

बैङ्कको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले प्रभु बैङ्कको केन्द्रिय कार्यालय बबरमहल, तथा यस बैङ्कका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रभु बैङ्क शेयर विक्री

विशेष