कांग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली कांग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगित भएको छ ।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरेका हुन् ।
प्रदेशसभा सुरू भएलगत्तै कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को काम कारबाही अघि बढ्न नसक्ने जिकिर गरेका थिए ।
प्रदेश ५