News प्रवास

युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या

युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या

युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी साथीले जानकारी दिएका छन्।

 

मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतवार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसगै कम्पनीमा कार्यरत निर्मलाले बताइन् ।

 

उनका सहकर्मीका अनुसार १७ तारिख बिहान ४ बजे साथीहरूले आत्महत्या गरेको अवस्थामा कृष्णाको शव फेला पारेको थियो ।उनले के कति कारणले आत्महत्या गरेकी हुन भन्ने कारण भने खुलेको छैन।

 

घटनापछि कम्पनीले प्रहरीलाई खबर गरेको र यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ। परियारको ७ बर्षिया एक छोरी छिन् । मृतक उनको शव अहिले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ।

आत्महत्या युएई कृष्णा परियार

विशेष