उत्तर कोरिया र अमेरिका मिले कांग्रेसभित्र विभाजन सुहाएनः महामन्त्री कोइराला

 उत्तर कोरिया र अमेरिका मिले कांग्रेसभित्र विभाजन सुहाएनः महामन्त्री कोइराला

हटाैँडा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सबै एक हुनकाे विकल्प नभएकाे बताएका छन् । नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको भेलालार्इ हेटौँडा सम्बाेधन गर्दै उनले सबै नेता कार्यतामा एक ठाउँमा उभिनु पर्नेमा जाेड दिएका हुन् ।

 

उत्तर कोरिया र अमेरिका मिलिसकेको अवस्थामा कांग्रेसभित्र विभाजन नसुहाउने कोइरालाकाे तर्क थियाे। ‘अमेरिका र उत्तर कोरिया त मिले। दुई कम्युनिष्ट एक भए। कांग्रेस नमिल्ने कुरै छैन। मन माझौं,’ कोइरालाले भने।

 

भेलामा बन्द शत्र बुधबार बिहान ८ बजेदेखि मात्र सुरु हुने भएको छ । यसअघि मंगलबार नै बन्द शत्र सुरु गर्ने बताइएको थियो । बन्द शत्रमा समूहगत रुपमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली काँग्रेस सशांक कोइराला

संम्बधित खबर

विशेष