News मुख्य समाचार

डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं ।  वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा  निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिएका हुन् ।

 

देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटालाई कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

 

शिरमा ढाका टोपी पहिरिदिएर उनको पार्थिव शरीरलाई ब्रह्‍मनालमा विधिपूर्वक पूजा गरिसकेपछि सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

 

 

त्‍यसपछि छोरीहरुले बोकेर उनको शव विद्युतीय शवगृहमा लगेका थिए। देवकोटा निवास हेपाली हाइटमा पत्नी र छोरीहरुले ७ दिन काजक्रिया गर्नेछन् ।

डा. उपेन्द्र देवकोटा अन्त्येष्टि

विशेष