News मुख्य समाचार

कोलम्बियाविरुद्ध जापानकाे ऐतिहासिक जित

कोलम्बियाविरुद्ध जापानकाे ऐतिहासिक जित

मस्काे । विश्वकप २०१८ को समूह एच अन्तरगतको पहिलाे खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गरेकाे छ । जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि  जापानले पेनाल्टी पाएको थियो । 

 

जापानको जीतमा खेलको तेश्रो मिनेटमै सिन्जी काजवाले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा जुवेन क्वीन्टेरोले गोल गर्दै कोलम्बियालाई बराबरीमा पुर्‍याए ।

 

स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो ।

 

खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो । जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे । 

 

खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युया ओसाकोले केइसुके होन्डाले प्रहार गरेको कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै २–१ को जित सुनिश्चित गरे ।  

 

यसका साथै विश्वकप फुटबल इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ । यसअघि कोलम्बियासँग तीन पटक खेल्दा एकमा बरबरी र दुई खेलमा हारेको थियो । दक्षिण अमेरिकी देशसँग १७ पटक खेलेको थियो तर जित्न सकेको थिएन ।

 

समूह एच अन्तरगत आजै  साँझ पाैने ९ बजे पोल्यान्ड र सेनेगलले खेल्ने छन् । 

विश्वकप फुटबल जापान कोलम्बिया

विशेष