विदेश मुख्य समाचार

विश्वकप फुटबलमा सहभागी खेलाडी चढेको विमानमा आगलागी

विश्वकप फुटबलमा सहभागी खेलाडी चढेको विमानमा आगलागी

विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ-अन-F डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ ।

 

विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।

 

समूह ए मा रहेको साउदी अरेबिया उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो । विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ ।

 

उसले भनेको छ, ‘साउदी राष्ट्रिय टिमका सबै खेलाडील सुरक्षित रुपमा आइपुगे र अहिले आ आफ्नो होटलमा बसेका छन् । विमानमा लागेको आगो सानो दुर्घटनामा मात्रै थियो ।’

विश्वकप फुटबल उरुग्वे विमान

विशेष