News मुख्य समाचार

भिएलएनका सञ्चालक श्रेष्ठ १२ लाख धरौटीमा रिहा

भिएलएनका सञ्चालक श्रेष्ठ १२ लाख धरौटीमा रिहा

काठमााडौं । जिल्ला अदालत ललितपुरले भिएलएनका सञ्चालक राम श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिहं महराको एकल इजलासले श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

 

श्रेष्ठ वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा केही दिनअघि पक्राउ परेका थिए ।  वाइड स्पेस मेनपावरका सञ्चालक समेत रहेका श्रेष्ठलाई यसअघि काठमाडौं जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

 

काठमाडौं जिल्ला अदालतले छाड्न आदेश दिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठलाई ललितपुरमा पनि सोही मुद्धाका विषयमा अनुसन्धान भैरहेको भन्दै प्रहरीले पुनः पक्राउ गरेको जनाउँदै आएको छ ।

 

श्रेष्ठमाथि भिसा स्ट्यापिङका लागि भिएलएन खडा गरेर आर्थिक कारोबार गरेको आरोप लागेको छ । उनले यो धन्दा पाँच वर्षदेखि चल्दै आएको प्रहरीको आरोप छ ।  
 

राम श्रेष्ठ धरौटीमा रिहा

विशेष