News

केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान

केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान

पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानहरुको केरा काटेको आरोपमा पक्राउ परेका पाँचजना शुक्रबार जिल्ला कारागार भरतपुर चलान भएका छन् ।

 

गत वैशाख १७ गते राति १२ जना किसानहरुको केरा काटेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

 

केरा काटेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर–६ का अर्जुन गहतराज, कालिका–१ का मनीषबहादुर गुरुङ, कालिका–३ का सुजन लोप्चन, कालिका–३ कै गोपाल परियार र कालिका–५ का उमेश माझीलाई पक्राउ गरेको थियो ।

 

उनीहरुविरुद्ध सार्वजनिक कसुर तथा सजाय ऐनअन्तर्गत्को मुद्दा दर्ता गरी अनुसन्धान गरेको र फैसलाका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा पठाइएकामा जनही २ लाख २५ हजार रुपैयाँ धरौटी माग भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

 

माग गरेबमोजिम धरौटी रकम बुझाउन नसक्दा पाँचैजना जिल्ला करागार भरतपुर चलान भएका हुन् ।

 

केरा फडानी हुँदा १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको किसानहरुले दावी गरेका थिए ।
 

केरा

विशेष