पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डा. उपेन्द्र देवकोटाको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले डा. देवकोटाको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेका छन् ।
पूर्वराजा शाहका तर्फ उनका प्रमुख सचिव पशुपतिभक्त महर्जनले डा. देवकोटाका धर्मपत्नी र उनकी छोरीलाई मंगलबार भेटेर दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए ।