News कभर स्टोरी भिडियो

सबैलाई झुक्याएर दीपेन्द्रको रगत झिकेको थिएँ तर दरबारले परीक्षण नगर्नू भन्यो (भिडियोसहित)

दीपेन्द्रलाई पागल कसले बनायो ?

सबैलाई झुक्याएर दीपेन्द्रको रगत झिकेको थिएँ तर दरबारले परीक्षण नगर्नू भन्यो (भिडियोसहित)

काठमाडौं । मृत्यु शय्याबाट आफ्नो जीवनको अन्तिम संघर्ष गरिरहेका बेला डा. उपेन्द्र देवकोटाले दरबार हत्याकाण्डका बारेमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य सदस्यको युवराजाधिराज दीपेन्द्रले नै गोली हानेर हत्या गरेको खुलासा गरेका छन् । 


दरबार हत्याकाण्ड भएपछि शव परीक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. देवकोटासँग नेपाल आजले उनको स्वस्थ जीवनकालमा गरेको कुराकानीका क्रममा उनले भनेका थिए, ‘१५ दिन बसेर बिबिसीले दरबार हत्याकाण्डको डकुमेन्ट्री बनाउने भएपछि मेरो अन्तर्वार्ता लियो ।

 

मेरो अन्तर्वार्ता धेरै लामो छ । मैले फर्मल अन्तर्वार्ता दिइसकेपछि उनीहरूलाई सोधेँ तिमीहरूले के पत्ता लगायाैं त यसबाट ? त्यो दिन दीपेन्द्रले कुनै पनि किसिमको लागूपदार्थ खाएको थिएन । सबै जनाको चेक गरेर मैले कालोपदार्थ खाएको भनेर झूटो बोलेँ । म एक चिकित्सक भएका नाताले मैले झुक्याएर दीपेन्द्रको रगत अलग्गै राखिसकेको थिएँ ।

 

मैले गलत गर्नु थियो भने दीपेन्द्रले खाएको ड्रग्स बेलायत पठाइदिएर एक सय पाउन्ड तिरेर सिलिङ गराइदिन्थेँ । मैले प्रस्ताव गरिसकेको थिएँ । तर, त्यो जरुरत नै थिएन किनभने दीपेन्द्रले ड्रग्स खाएकै थिएन । त्यसपछि मलाई सम्बन्धित निकायबाट छोडिदिए हुन्छ भन्ने कुरा आयो । यदि त्यसो गरेको भए गलत पुष्टि हुन जान्थ्यो । सम्माजनक के भयो भने उसले ड्रग्स खाएर गरेको थियो भन्यो भने ए नसाको भरमा गरेको हो भनेर मुक्ति पाउने भो तर, केही पनि नखाएर पानी खाएर गरेको हो भन्दाखेरी त झन् ‘लो लेभल’ को क्रिमिनल हुने भयो । त्यसले बचेखुचेकाहरूलाई झन् पीडा थप्ने थियो ।’ 


डा. देवकोटाले भनेका थिए, ‘कमसेकम अहिले त जाँड खाएर आमाबुवा मा-यो रणबहादुर शाहको सन्तानले भन्ने हुन्छ । त्यसबाट उसलाई फाइदा पनि थिएन । क्रिमिनोलोजीको एक नम्बर सिद्धान्तले कोही मान्छे म-यो भने जसलाई मार्दा उसलाई फाइदा हुन्छ भन्ने शंका लाग्यो भने त्यो एक नम्बरको विषय बन्छ ।

 

यसको अर्थ अनन्त कालसम्म ज्ञानेन्द्र मात्र बचे भनेर राजा वीरेन्द्र मारेको शंका ग-यौं भने जीवराज आश्रित र मदन भण्डारीलाई पनि माधव नेपाल र विद्या भण्डारीले मारेको हो भन्नुपर्छ । यो अस्थिर हो । मदन भण्डारी बाँचिरहेको भए के विद्या भण्डारी राष्ट्रपति हुन पाउँथिन् ? मदन भण्डारी बाँचिरहेका भए माधव नेपाल के १४ वर्षसम्म महासचिव हुन पाउँथे ? मदन भण्डारी बाँचिरहेका भए केपी ओली किड्नी फेरेर आज प्रधानमन्त्री हुने पाउँथे ? यसरी उल्ट्याउँदा त तीन जनालाई फाइदा भयो ।

 

 

कोही कसैले यी तीन जनाले मारेको हो भन्छ ? अमर लामा जिउँदो छँदा केपी ओलीलाई कमिटीले किन रोज्दैन थियो ? जनताले शालीन तरिकाले यी पीडित हुन् भन्दै राष्ट्रपति बनाउनुपर्छ भन्दै संवेदना दिइराखेका छन् भने ज्ञानेन्द्र पनि पीडित हो, सत्य अनुसन्धानले दरबार हत्याकाण्डमा ज्ञानेन्द्रको संग्लनता देखाएको छैन भने नेपाली चाँहि भारतमा गएर ज्ञानेन्द्रले दाइ मा-यो भन्ने ? यो हत्याबाट कोही बच्छ भने जवाफ दिन्छु । राष्ट्रपतिले के आफ्नो श्रीमान् मारे भनेर स्वीकार गर्न सक्छन् ? के यो सम्भव छ ? त्यसपछि मात्र ज्ञानेन्द्रले दाइ मारेको भनेर स्वीकार हुन्छ । माधव नेपाल राजदरबार हत्याकाण्ड भएको तीन दिनपछि मलाई भेट्न आए ।

 

मैले तपाइँलाई भेट्दिनँ अब भनेँ । ढोका बन्द गर्दै मैले भने, ‘माधवजी तपाईंले जिन्दगीमा सबैभन्दा ठूलो गल्ती गर्नुभयो । तपाईंको हातमा इन्क्वायरी गर्ने जिम्मा थियो । तपाईं गएर दरबारको कुनाकुना खोतल्न सक्नुहुन्थ्यो । त्यसो गरेको भए सत्यतथ्य बाहिर आउँछ भनेर हावा मच्चाएर राजनीति गर्न पाइन्छ भनेर भाग्या हो कि होइन ? तपाईं लाछी हो । हिम्मत छ ?


खाली बाहिर दीपेन्द्रले मा-यो भनेर हल्ला फैलाइएको छ । दीपेन्द्रको बायाँ कञ्चटबाट दायाँतर्फ गोली गएको छ । ठूलो अटोमेटिक बन्दूकले लागेको छ । यसलाई कसरी आफैँले हानेको भन्न मिल्छ ? 


दीपेन्द्रले राजपरिवार मा-यो, दीपेन्द्रलाई अरू कसैले मा-यो । यो कुरा त राजपरिवारको सुरक्षाकर्मीको अधिकारभित्रको कुरा हो । मालिकलाई मा-यो भने उसले गोली हान्न पाउँछ । राजा वीरेन्द्रकै सुरक्षा गार्डले हानेको पनि हुनसक्छ । ऐश्वर्यले हानेको पनि हुनसक्छ । यो दरबार हत्याकाण्ड रहस्य खुला नहुने केस हो । यो हत्याकाण्डमा धेरै लेयर बनाएर निकै ठूलो चक्रब्यूह बनाइएको छ ।’ 


उनले अगाडि भनेका थिए, ‘राजा वीरेन्द्रको हत्या दीपेन्द्रले नै गरेको हो । तर, दीपेन्द्रलाई पागल कसले बनायो भन्ने हो ? त्यो पछाडि हामी जानै सक्दैनौं ।’ 


डा. देवकोटासँग गरेको कुराकानी सुन्न र हेर्न यहाँ क्लिक गर्नुहोला ।


र यो पनि,

१० महिनाअघि देवकोटाले भनेका थिए, ‘हामी कसैलाई जीवन दिन सक्दैनौं भने खोस्ने अधिकार पनि छैन’ (भिडियोसहित)

 

दरबार हत्याकाण्ड डा. उपेन्द्र देवकोटा राजपरिवार

विशेष