न्युरो अस्पतालको नाम परिवर्तन
बासबारीमा रहेको न्युरो अस्पतालको नाममा परिवर्तन गरिएको छ ।
अस्पतालका संस्थापक डा. उपेन्द्र देवकोटाको निधनपछि उनको सम्झनामा ‘ उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भनी नयाँ नामाकरण गरिएको हो । यसअघि ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ नाम रहेको उक्त अस्पताल डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ देखि सञ्चालनमा आएको थियो ।
अस्पतालमा डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्री सञ्चालक थिए । डा. देवकोटाको मृत्युपछि भने डा. मधु देवकोटा र हिमलाल काप्रीले सञ्चालन गर्ने बताइएको छ । डा. देवकोटाकोे असार ४ गते निधन भएको थियो ।
न्युरो अस्पताल