चौथो मिनेटमै गरे रोनाल्डोले गोेल

विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँग पोर्चुगलको खेल जारी छ ।
खेलको चौथो मिनेटमै क्रिष्टियानो रोनाल्डोले कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेपछि पोर्चुगले अग्रता लिएको छ ।
पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।