News समाज देश

रवि लामिछानेलार्इ तीन वर्ष कैद हुन सक्ने !

प्रेस काउन्सिललार्इ जवाफ- प्रेसपास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु

रवि लामिछानेलार्इ तीन वर्ष कैद हुन सक्ने !

काठमाडाैं । छाेटै समयमा नेपालकाे पत्रकारिता क्षेत्रमा ख्याति अार्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्‍याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेकाे छ । 'न्युज ट्वान्टी फाेर' टेलिभिजनमा जनसराेकारका विषयलार्इ मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलार्इ लाेकप्रिय त बनाएकाे छ । तर, प्रेस काउन्सिल नेपालमा परेकाे उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भर्इरहेकाे पत्राचारकाे व्यहाेरा हेर्दा लामिछाने कानुनी कारबाहीकाे भागी बन्ने सम्भावना देखिएकाे छ । 

कुमुद लाेहनी र लक्ष्मण विककाे नाममा प्रेस काउन्सिलमा परेकाे उजुरीमा रवि लामिछानेमाथि व्यक्तिकाे घर- कार्यालयमा बलजफ्ती घुस्ने गरेकाे र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिर्इन नेपालमा अवैध रुपले काम गरिरहेकाे अाराेप लगाउँदै उनलार्इ कानुनीबमाेजिम कारबाही गर्न माग गरिएकाे छ । उजुरी परेपछि प्रेस काउन्सिलले‍ छानबिन तथा कारबाहीकाे अावश्यक प्रक्रिया अघि बढार्इएकाे छ । 

हालसम्मकाे छानबिन तथा अनुसन्धानबाट लामिछानेले तीनवटा कानुन उल्लङ्घन गरेकाे दाबी प्रेस काउन्सिलकाे छ । काउन्सिलकाे एक सुत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका ) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न 'वर्कपरमिट' लिनैपर्नेमा अहिलेसम्म लिएका छैनन् । दाेस्राे, उनले प्रेसपास लिएका छैनन् र तेस्राे, लामिछानेले प्राप्त गरेकाे 'नाता भिसा' लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन । उजुरीमाथि छानबिनका क्रममा रवि लामिछानेले प्रेस काउन्सिललार्इ दिएकाे जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलार्इ स्तब्ध र अाश्चर्यचकित बनाएकाे छ । लामिछानेले काउन्सिललार्इ लेखेकाे पत्रमा उनले भनेका छन्, 'म विदेशी नागरिक हाेइन । नेपाल सरकारकाे गृह मन्त्रालयबाट भिसा बस्ने भिसा लिएकाे छ । अर्काे कुरा म पत्रकार हाेइन, भइसकेकाे छैन । म एक कार्यक्रम सञ्चालक मात्र हुँ । कार्यक्रम सञ्चालकहरुले मात्र हाेइनन् धेरै पत्रकारले प्रेस पास लिएका छैनन् ।' 

काउन्सिलका पदाधिकारीमाथि अाक्राेश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, 'मानिसलार्इ ब्ल्याकमेलिङ गरेर अात्महत्यासमेत गर्नुपर्ने स्थितिमा पुर्‍याएकाे मानिस पत्रकारिताकाे नाममा लुट्दै ढाेंगी हाे भन्ने कुरामा मृत्युपर्यत्न विश्वास गर्छु र ढाेंगीहरुले पठाएकाे पत्रलार्इ अागामी दिनमा प्राथमिकता दिन्नँ । मेराे अमेरिकी पासपाेर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेकाे र चार वर्षदेखि नियमित रुपले नेपाल बस्ने गर्दै अाएकाे व्यहाेरा अवगत गराउन चाहन्छु । उन्नान्सय प्रतिशत जनताले स्यावासी दिएकाे टेलिभिजन कार्यक्रम नेपालकाे इतिहासमा बनेकै छैन । ज्यानकाे बाजी लगाएर अहाेरात्र खटेर लाखाै‌ं जनताबाट पाएकाे स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेकाे अवस्थामा प्रेस पास लिनभन्दा म याे पैसा त्यागेर दाेबाटाेमा जुत्ता पालिस गर्न तयार छु ।'

लामिछानेले प्रेस काउन्सिलकाे पत्रलार्इ यसरी जवाफ दिएपछि काउन्सिलले कारबाहीका निम्ति कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाएकाे छ । घटना र विचार साप्ताहिकबाट । 

प्रेस काउन्सिल रवि लामिछाने कुमुद लाेहनी लक्ष्मण विक

विशेष