News व्यापार अर्थ बैंकिङ प्रदेश ३

नेप्से ० दशमलव ४० प्रतिशत घट्यो (१ बजेको अपडेट)

नेप्से ० दशमलव ४० प्रतिशत घट्यो (१ बजेको अपडेट)

काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशलमव ४० प्रतिशत घटेको छ । २ घण्टाको व्यापारमा परिसूचक ४ दशमलव ९६ अङ्क घटेर १ हजार २ सय २१ दशमलव २२ विन्दुमा पुगेको छ ।

 

यस व्यापार अवधिमा १ सय १९ कम्पनीको १ हजार ३ सय ८३ पटकको व्यापारमा  १३ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । विकास बैङ्क र वित्त कम्पनी बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।

 

विकास बैङ्क र वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक १ प्रतिशत, बैङ्किङ र बीमाको शून्य दशमलव ४९ प्रतिशत, लघुवित्तको शून्य दशमलव २७ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १ प्रतिशत, होटलको शून्य दशमलव शून्य ६ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

नेप्से घट्यो

विशेष