News Breaking News

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटवार्ता

दुई देशका निजी क्षेत्रबीच विविध सम्झौता

प्रधानमन्त्री ओली  र राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा शिष्टाचार भेटवार्ता भएको छ । 


बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा भएको भेटवार्तामा दुई देशको सरकार र कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बेइजिङस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारमाध्यमले दुई शीर्ष नेताबीच भएको भेटवार्तासम्बन्धी विषयवस्तु नखुलाए पनि वार्ता सौहार्दपूर्ण बताइएको छ । दुई शीर्षस्थ नेताबीच वार्ता सम्पन्न भएपछि दुई देशका सरकारी प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता अगाडि बढेको थियो । 


राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीनतर्फ प्रस्थान गरेका थिए ।

 

प्रधानमन्त्री ओली बुधबार बिहानैदेखि विविध कार्यक्रम र भेटावार्तामा व्यस्त रहेका थिए । उनले नेपाल चाइना विजनेस फोरमको बैठकलाई सम्बोधन गर्नुका साथै दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएका थिए । 
 

सी जिनपिङ ओली

विशेष