अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

काठमाडौ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि., सिप्रदीयन सहायता संस्था र टाटा मोर्टसको संयुक्त आयोजनामा बिहीबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लिको अगुवाइमा देशका मुख्य शहरहरूमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रुपमा सहयोग गरेका थिए ।
पुरानो योग अनुशासनबाट शारीरिक मानसिक तथा अध्यात्मिक विकास हु ने विश्वास गरिदैं आइएको छ । सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले शरीर र मनलाई शान्त राख्ने योगा अध्यात्मिक तथा योगीक अनुशासनको लागि गरिने ब्यायाम भएको बताए ।
उक्त कार्यक्रममा प्रालीका कार्यालय प्रमुख राजनबाबु श्रेष्ठले विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजीक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्थासँगै मिलेर अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको जानकारी दिए ।