News राजनीति

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला एक दिन लम्बिने

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला एक दिन लम्बिने

हेटौंडा । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला एक दिन पर सरेकाे छ । जिल्ला सभापतिहरूले बोल्ने क्रम नसकिएपछि भेला थप एक दिन लम्बिने भएको हो।

 

मंगलबारदेखि सुरु भएको भेलामा बुधबारदेखि चलेको बन्दसत्रमा हालसम्म ५५ जना जिल्ला सभापतिले मात्रै बोलेका छन्।  ७७ जिल्ला सभापतिमा पाँच जना भने भेलामा अनुपस्थित रहेको बताइएको छ।

 

यस्तै, हेटौंडा घोषणापत्रले पनि अन्तिम रुप पाइनसकेकाले भेला एक दिन लम्बिने भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। घोषणापत्रले पूर्णता नपाउनु, सभापतिहरूको बोल्ने क्रम नसकिनुका साथै सातै प्रदेशबाट एकत्रित सुझाव प्रतिवेदन संकलन गर्नुपर्ने भएकाले भेला लम्बिकाे उनले बताए।

नेपाली काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला

विशेष