News अपराध सुरक्षा

व्यवसायीलाई धम्की दिएकाे अाराेपमा ठमेलका डन ‘भाले’ पक्राउ

व्यवसायीलाई धम्की दिएकाे अाराेपमा ठमेलका डन ‘भाले’ पक्राउ

काठमाडौं । ठमेलका डन दिनेश लामा (उर्फ भाले) पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले उनलार्इ ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

 

भाले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर लामाे समयदेखि गुन्डागर्दी गर्दै अाएका थिए । महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेकाे छ ।

 

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परेका थिए ।

पक्राउ उर्फ भाले ठमेलका डन व्यवसायीलाई धम्की

विशेष