News मनोरञ्जन

टुंगो लाग्याे दीपिका र रणवीरको विवाहकाे मिति

टुंगो लाग्याे दीपिका र रणवीरको विवाहकाे मिति

एजेन्सी । लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाहबारेकाे अन्यौलमा हटेकाे छ । विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरू आइरहे पनि अन्ततः विवाहको मिति टुंगो लागेको छ ।

 

अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले यसै वर्षको नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएको छ । केही हप्ता अगाडि दुवैले नोभेम्बर १० मा विवाह गर्न लागेको हल्ला चलेको थियो ।

 

अहिले त्यो हल्ला सही सावित भएको छ ।  खबरहरुका अनुसार विवाहको मितिका टुंगो लगाउन धेरै समय लागेको थियो । किनकी रणवीर सिंह र दीपिका आफ्नो विवाह एकदमै व्यवस्थित तथा सही तरिकाले सम्पन्न होस् भन्ने चाहन्छन् ।

 

रणवीर दीपिकाका साथै घर परिवारका सदस्यहरुको लागि समेत नोभेम्बर १० को मिति अनुकुल हुने भएकाले यो जोडीले उक्त मिति रोजेका हुन । विवाहको मिति केही हप्ता अगाडि मात्रै टुंगो लागेको बताइएको छ ।


विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको छ । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले पनि इटालीमा विवाह गरेर भारतमा रिसेप्सन राखेका थिए । दीपिका रणवीरले पनि विरुष्काकै बाटो पछ्याउन सक्ने सम्भावना पनि रहेको छ ।  


दीपिका र रणवीरको परिवारले राजस्थानको उदयपुरमा रहेको दरबारमा विवाह गर्ने सोच बनाएका थिए तर उक्त योजना पूरा हुन सकेन । अहिले दुवै परिवारमा विवाहको तयारी धमाधम चलिरहेको छ । 

 

दुलही पक्ष किनमेलका व्यस्त हुन थालिसकेका छन् भने अभिनेता रणवीर सिंह फिल्मी करियरको उचाइमा रहेको बेला भइरहेको विवाहलाई लिएर निकै उत्साहित छन् । किनकी अहिले उनको व्यावसायिक जीवन तथा व्यक्तिगत जीवन सफलताको उचाइमा छ । 

 

उता दीपिका पादुकोण पनि विवाहका लागि भनेर समय साँचेर बसेकी छिन् । उनले पछिल्लो समयमा कुनै पनि फिल्म साइन नगर्नुलाई पनि विवाहसँग जोडेर हेरिएको छ । 

दीपिका पादुकोण विवाह अभिनेता रणवीर सिंह

विशेष