News अपराध सुरक्षा मुख्य समाचार

भ्रष्टाचार मुद्दामा फरार रहेका पूर्व अनुसन्धान अधिकृत चालिसे पक्राउ

भ्रष्टाचार मुद्दामा फरार रहेका पूर्व अनुसन्धान अधिकृत चालिसे पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत पक्राउ परेका छन्।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय पूर्व अधिकृत शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेको हो। 

 

उनलाई अदालतले १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। चालिसे २०७१ साल साउन ११ गते १० लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो। 


सम्पती शुद्धिकरण अनुसन्धान विभागमा रहँदा उनी पक्राउ परेका थिए। विभागले छानबिन गरिरहेको एक मुद्दा मिलाइदिने भन्दै उनले १० लाख लिएका थिए। 

 

आयोगले बिशेषमा मुद्दा दायर गरेकोमा उनी फरार थिए। उनको मुद्दामा सर्वाेच्च अदालतले गत चैत २० गते अन्तिम फैसला गर्दै डेढ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

 

पक्राउ परेका चालिसे डिल्लीबजार कारागार चलान भएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए। 

पक्राउ भ्रष्टाचार शम्भुप्रसाद चालिसे

विशेष