News मुख्य समाचार

धरहरा बनाउनका लागि १२ कम्पनीले दिए आवेदन

धरहरा बनाउनका लागि १२ कम्पनीले दिए आवेदन

काठमाडाैं । धरहरा निर्माणका लागि ६ वटा नेपाली र ६ वटा चिनियाँ निर्माण कम्पनीले आवेदन दिएका छन् । पुर्ननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आह्वान गरेको ई–टेण्डरमा दुर्इ देशका गरी १२ वटा कम्पनीले आवेदन दिएका हुन् ।


 नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि संयुक्त लगानीमा निर्माण गर्ने गरी ६/६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए । 


आवेदन दिएका सबै कम्पनीको मूल्यांकनपछि सम्बन्धित कम्पनिलाई जानकारी गराएर एक सातापछि ई–टेण्डर खोलिने पनि उनले जानकारी दिए ।लिफ्टसहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आह्वान गरेको ई–टेण्डरको समय बिहीबार सकिएको छ । 

 

रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् । त्यसैगरी आशिष निर्माण, रमण र ब्राउनलगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् । 

 

प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि शिलान्यास गर्ने गरि दु्रत गतिमा काम अघि बढाइएको जनाएको छ ।

धरहरा निर्माण

विशेष