अाेली सरकारले आर्थिक वृद्धिदरलाई ८ अंकमा पुर्‍याउन नसके ठुलो दुर्भाग्य हुनेछः प्रवक्ता शर्मा

अाेली सरकारले आर्थिक वृद्धिदरलाई ८ अंकमा पुर्‍याउन नसके ठुलो दुर्भाग्य हुनेछः प्रवक्ता शर्मा

दाङ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रतिपक्षमा बसेर नमुना प्रतिपक्षको भूमिका निभाउने बताएका छन्।

 

प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमी कमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए ।

 

'कांग्रेस सडकमा चक्काजाम र सदनमा होहल्ला गर्ने काम गर्दैन। शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ, प्रवक्ता शर्माले भने, 'जनतालाई दुःख दिने काम कांग्रेसले कहिल्यै पनि गर्दैन।'


कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै उनले पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताए।

 

'कांग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई ८ अंकमा पुर्‍याउन सकेन भने त्यो सबैभन्दा ठुलो दुर्भाग्य हुनेछ,' शर्माले भने। 

विश्वप्रकाश शर्मा

संम्बधित खबर

विशेष