न्याय परिषद्द्वारा २२ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले २२ जना कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। कानुन, न्याय र सरकारी वकिल समूहबाट न्यायाधीश सिफारिस भएको हो।
सरकारी वकिल समूहबाट ५, न्याय समूहबाट १४ तथा कानुन समूहबाट ३ जनाको नाम सिफारिस भएको न्याय परिषद्का सदस्य पदम बैदिकले जानकारी दिए।
समयमा नियुक्ति नहुँदा लामो समयदेखि जिल्ला न्यायाधीशहरूको पद रिक्त थिए। त्यस्तै, बैठकले न्यायधीशहरू विरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णय समेत गरेको सदस्य बैदिकले बताए।
न्याय परिषद् जिल्ला न्यायाधीश सिफारिस