कुख्यात लुटेरा ‘खुँडे’लार्इ नियन्त्रणमा लिन प्रहरीद्धारा गोली प्रहार

काठमाडौं । काठमाडौंको मुलपानीमा एक जनामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले कुख्यात लुटेरा अम्बरबहादुर पुन ‘खुँडे’लार्इ नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएको हो ।
पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्न प्रयास गरेपछि उनीमाथि गोली चलाइएको प्रहरीले जनाएकाे छ । मुठभेडका क्रममा उनलाई दुई गोली लागेको छ । गोली लागेर उनी सक्त घाइते भएका छन् ।
उनले गत जेठ २४ गते १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए । ताप्लेजुङका वीरेन्द्र तामाङको पैसा उनले लुटेका हुन्। सस्तोमा डलर साटिदिने भन्दै बोलाएर लुटेका थिए । विगतमा पनि पक्राउ पर्दै छुट्दै गरेका छन् । उनीविरुद्ध धेरै वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
गोली प्रहार प्रहरी मुलपानी अम्बरबहादुर पुन